Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसका कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय छलफलमा

कांग्रेसका कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय छलफलमा

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका दुुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा बसेका छन्।

कांग्रेस पदाधिकारी बैठकअघि उनीहरू खड्का निवासमा पुगेर महाधिवेशन कहिले गर्ने भन्नेमा टुंगो नलागेपछि छलफलमा जुटेका हुन्।

कार्यवाहक सभापति खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अश्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए ।

त्यसपछि आज बिहान बसेको नेता शेखर कोइरालाले आफूनिकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका थिए।

कोइराला इतर समूहको बैठकले आगामी १६ पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका तयार पार्न र आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको छ।

त्यसैले कार्यबाहक सभापति र महामन्त्रीद्वय बीच सहमति जुटाउन बैठक चलिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077