Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीको पेस्तोल र गोली लुटपाट गरी बिक्री गर्न खोजेपछि...

प्रहरीको पेस्तोल र गोली लुटपाट गरी बिक्री गर्न खोजेपछि...

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा धादिङ, धुनिवेशी घर भई हाल काठमाडौँ–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भई हाल काठमाडौँ–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाडौँ–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य, र काठमाडौँ–३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् ।

प्रहरीका अनुसार, गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउको क्रममा प्रहरीले सिएफ ९८–९ मोडेलको पेस्तोल एक थान, म्याग्जिन एक थान, र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ।

प्रवक्ता भट्टराईले भने- 'गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हातहतियार लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको पाइएको छ। गुरुङ प्रत्यक्ष रूपमा लुटपाटमा, देउला, खान र शाक्य बिक्री–वितरणमा, र मल्ल खरिदमा संलग्न थिए।'

पक्राउ परेका पाँचै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । काठमाडौँ जिल्ला अदालतबाट उनीहरूलाई छ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077