Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको टिप्पणी - ओलीको एकता आह्वान शब्दजाल र भ्रम मात्र

भीम रावलको टिप्पणी - ओलीको एकता आह्वान शब्दजाल र भ्रम मात्र

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकता सम्बन्धी आह्वानमा कुनै सार्थकता नभएको टिप्पणी गरेका छन् । उनले ओलीको पछिल्लो वक्तव्यलाई ;शब्दजाल र भ्रम फैलाउने प्रयास' को संज्ञा दिएका हुन् ।

रावलका अनुसार ओलीले विगतका गल्ती र कमजोरीबारे आत्मालोचना नगरी एकीकृत समाजवादीका असन्तुष्टहरूलाई फकाउन खोजेका हुन् ।

उनले लेखेका छन्, 'विगतका गल्ती र कमीहरूको आत्मालोचना नगरी शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।'

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने बताएका छन्।

उनले भने, 'विगतका गल्ती कमीहरूका साथै भदौ २३ र २४ गतेको अकल्पनीय घटनामा राष्ट्रले ब्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो।'

रावलले ओलीको आह्वानलाई कपटपूर्ण भन्दै प्रश्न उठाएका छन्—यदि ओली साँच्चिकै जबज (जनताको बहुदलीय जनवाद) अनुसार देशभक्तिपूर्ण बाटोमा एमालेलाई बलियो बनाउन इच्छुक छन् भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामाथि लगाइएको रोक हटाउनुपर्ने थियो।

उनले लेखेका छन्, 'एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त ओलीले सामाजिक सञ्जालमा फर्किन आग्रह गरेको देखियो। साँच्चिकै जबजको बाटोमा पार्टीलाई सुदृढ गर्न चाहेका भए पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक हटाइएको कुरा गर्नुपर्थ्यो।'

यसअघि शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत पार्टी छोडेका सबै कार्यकर्ता र नेताहरूलाई पुनः एकजुट हुन आह्वान गरेका थिए ।

यता नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । यससँगै सो पार्टी विभाजन हुने अवस्थामा पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077