Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालेन लक्षित शिक्षामन्त्री पुनको टिप्पणी - सर्को तानेको बेला नलेखौँ

बालेन लक्षित शिक्षामन्त्री पुनको टिप्पणी - सर्को तानेको बेला नलेखौँ

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति सामाजिक सञ्जालमा अश्लील र आपत्तिजनक स्टाटस लेखेपछि बहस चर्किएको छ । यही बीचमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन् ।

पुनले बालेनको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि उनले प्रष्ट संकेत गर्ने गरी लेखेका छन् — 'केही–केही आशालाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नलेख्न, नबोल्न अनुरोध छ।'

गएराति बालेन शाहले भारत, चीन, अमेरिका लगायतका देशहरू र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसहित अशिष्ट शब्द प्रयोग गरेर फेसबुकमा स्टाटस लेखेका थिए। उक्त स्टाटस सार्वजनिक भएलगत्तै तीव्र आलोचना सुरु भएपछि उनले केही समयमै हटाएका थिए।

तर, बालेनको स्टाटसको स्क्रिनसट अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077