Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भियतनाममा भीषण बाढीका कारण ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

भियतनाममा भीषण बाढीका कारण ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

आइतवार , कार्तिक १६, २०८२

एजेन्सी । भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन्।

भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) का अनुसार मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका रहेका छन्। युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होइ एन पनि कम्मर–गहिरो पानीमा डुबानमा परेको छ। स्थानीय नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुङ्गा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन्।

भिडिडिएमएका अनुसार १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर ९१३ हजार एकड० बाली जमिन बाढीले नष्ट गरेको छ। वातावरण मन्त्रालयका अनुसार कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ।

वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता चरम मौसमी घटनाहरू अझ घातक र विनाशकारी बन्दै गएका छन्। भियतनाम पृथ्वीको सबैभन्दा सक्रिय उष्णकटिबन्धीय चक्रवात क्षेत्रहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुन्छ।

तर सन् २०२५ मा मात्र देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरीको सामना गरिसकेको छ। प्राकृतिक प्रकोप-मुख्यतया आँधीबेहरी, बाढी र भूस्खलन—का कारण यस वर्षको पहिलो नौ महिनामा मात्रै १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्याङ्कले जनाउँछ।

सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ। राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077