Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज कतार जाँदै राष्ट्रपति पौडेल

आज कतार जाँदै राष्ट्रपति पौडेल

सोमवार , कार्तिक १७, २०८२

काठमाठडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने भ्रमणका लागि आज कतार जाँदैछन् । विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन्।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार पौडेलले कात्तिक १८ गते सम्मेनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यहाँ रहँदा उनले कतारका राजा अमिर तामिम बिन हमाद अल थानीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटघाट गर्ने तालिका छ।

कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलले आयोजना हुने लागेको सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077