Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चको आदेश विपरीत सरकारद्वारा ११ देशका राजदूत फिर्ता बोलाउन पत्राचार

सर्वोच्चको आदेश विपरीत सरकारद्वारा ११ देशका राजदूत फिर्ता बोलाउन पत्राचार

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउन पुनः पत्राचार गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार ती राजदूतहरूलाई फर्कन निर्देशन दिँदै पत्राचार गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालयले ११ वटै देशका नेपाली राजदूतहरूलाई मातहत कार्यालयमा उपस्थित भई काम हाजिर गर्न लेखी पठाएको पत्र पठाइसकेको छ ।

यसअघि गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्तिका आधारमा विदेशमा कार्यरत राजदूतहरूलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अन्तरिम आदेश जारी भइसकेपछि पनि सरकारले पुनः पत्र पठाएको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले १४ साउन २०८१ मा अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो । तीमध्ये ६ जनालाई भने निरन्तरता दिइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077