Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् ।

सर्वोच्चलगायत देशका विभिन्न अदालतहरुमा आन्दोलनको मौका छोपेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो ।

भदौ २४ गते भएको जेनजी आन्दोलनमा देश भरीका १६ अदालतहरुमा क्षति पुगेको छ ।

त्यसक्रममा मुद्दासँग सम्बन्धित कागजातहरूमा क्षति पुगेको छ ।

क्षति विवरण र संलग्नमाथि कानूनी कारबाहीको मागसहित दुवै अदालतको तर्फबाट जाहेरी परेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077