Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीसहित दश वामशक्तिबीच एकता, पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

माओवादीसहित दश वामशक्तिबीच एकता, पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता भएको छ ।

भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायत वाम पार्टीबीच एकता गरिएको हो ।

एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ राखिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीमा पुष्पकमल दाहाल ‘प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।

एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ ।

केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ । योसंगै पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजक नेपाल चयन भएका छन् ।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ ।

एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको छ ।

एकता घोषणासभामा तत्कालीन माओवादी केन्द्रका संयोजक ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादीका वरिष्ठ नेता श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077