Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काल संसद् बैठक आह्वान गर्न नेकपाको माग

तत्काल संसद् बैठक आह्वान गर्न नेकपाको माग

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले तत्काल संसद्को बैठक आह्वान गर्न माग गरेको छ । 

केन्द्रीय कार्य संयोजन समितिको मंगलबार सम्पन्न बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेको हो । 

नेकपाले संसद् स्थगित गर्दै अध्यादेश ल्याउने सरकारको कदमको पनि विरोध गरेको छ । सरकारको कदमलाई नेकपाले गैर लोकतान्त्रिक भनेको छ । 

नेकपाले  संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संसद्लाई क्रियाशील बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

सरकारले वैशाख १७ गते बोलाएको संसद् अधिवेशन स्थगितको सिफारिस गरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077