Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झापा-१ मा नेकपाको उम्मेदवार अशेष घिमिरे

झापा-१ मा नेकपाको उम्मेदवार अशेष घिमिरे

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नम्बर १ बाट इञ्जिनियर अशेष घिमिरेलाई प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

शनिबार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरूले घिमिरेलाई झापा–१ को टिकट प्रदान गरेका हुन् ।

झापा धुलाबारी निवासी ४२ वर्षीय घिमिरे नेकपाको केन्द्रीय कमिटी सदस्य हुन्। उनी यसअघि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य थिए भने पार्टी एकतापछि केन्द्रीय सदस्यमा समेटिएका छन्।

झापा–१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077