Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपाबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल

नेकपाबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् ।

आज सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले भुसाललाई संसदीय दलको नेता चयन गरेको हो ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह (गरिमा) र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघिका संसदीय दलका नेता नारायण काजीले निर्वाचनको उम्मेदवार बन्न राजिनामा दिएका थिए ।

त्यसैले राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नेकपाले नयाँ नेतृत्व टिम गठन गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077