Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्ष छलफलमा

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्ष छलफलमा

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो ।

छलफलका विषयमा राष्ट्रियसभाले सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू अधिवेशनगत समीक्षा र राष्ट्रियसभाको दुईवर्षे पुस्तक प्रकाशन तथा
समितिका कामकारबाही, विधेयकको वर्तमान अवस्था र विविध छन्।

अध्यक्ष दाहालले राष्ट्रिय सभाका समितिहरूको बैठक निरन्तर सञ्चालनमा ल्याउने तयारी अघि बढाइरहेका छन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा (एमाले)का गोपालप्रसाद भट्टराईलगायत नेता सहभागि छन् ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड भएपछि संघीय संसदको अधिवेशन अन्त्य भएको थियो ।

त्यसयता संसद् बैठक बस्न स्थान अभाव भएपछि सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हल प्रयोग गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077