Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलको लाइटिङ सिस्टम बिग्रँदा सबै उडान र अवतरण स्थगित

त्रिभुवन विमानस्थलको लाइटिङ सिस्टम बिग्रँदा सबै उडान र अवतरण स्थगित

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या उत्पन्न भएपछि शनिबार साँझदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् ।

विमानस्थलका अनुसार शनिबार बेलुका करिब साढे ५ बजेदेखि विमान उडान र अवतरणका लागि आवश्यक लाइटिङ सिस्टममा प्राविधिक समस्या देखिएको हो । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको विमानस्थलले जनाएको छ ।

'रात्रीकालीन उडानका लागि आवश्यक लाइट पूर्णरूपमा सुचारु नभएकाले अहिले सबै उडान र अवतरण रोकिएका छन्,' विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने, 'के समस्या भएको हो भन्ने पत्ता लगाउने काम भइरहेको छ ।'

सिष्टम बिग्रिएपछि अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै फन्को मारिरहेका छन् भने नयाँ उडानहरू अनुमति नपाई प्रतीक्षामा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077