Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मौसम सुधारसँगै त्रिभुवन विमानस्थलमा उडान सुचारु, डाइभर्ट विमानहरू फर्कन थाले

मौसम सुधारसँगै त्रिभुवन विमानस्थलमा उडान सुचारु, डाइभर्ट विमानहरू फर्कन थाले

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । खराब मौसमका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पुनः सुचारु हुन थालेको छ ।

मौसममा सुधार आएपछि रोकिएका तथा डाइभर्ट गरिएका उडानहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार साँझ ६:१३ बजे दोहाबाट काठमाडौं आएको कतार एयरवेजको विमान सुरक्षित रूपमा अवतरण भएसँगै उडान पुनः सञ्चालनमा आएको संकेत देखिएको छ।

यसअघि कम भिजिविलिटीका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवै प्रकारका उडानहरू प्रभावित भएका थिए। केही विमानहरू आकाशमै होल्ड गरिएको थियो भने केहीलाई वैकल्पिक विमानस्थलतर्फ डाइभर्ट गर्नुपरेको थियो।

आज दिउँसो चीनको कुनमिङबाट काठमाडौं आउँदै गरेको विमान भारतको कोलकातास्थित विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो।

त्यसैगरी दिल्ली-काठमाडौं उडान पनि अवतरण असम्भव भएपछि लखनउ पठाइएको थियो। विमानस्थल कार्यालयले मौसम पूर्ण रूपमा नखुले पनि अहिलेको अवस्था उडान सञ्चालनका लागि अनुकूल बन्दै गएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077