Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ घण्टापछि फेरि सञ्चालनमा आएको छ ।

विमानस्थलका अनुसार धावनमार्गको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा साँझ साढे ५ बजेबाट उडान र अवतरण अवरुद्ध भएको थियो ।

लाइटिङको समस्या हुँदा केही अन्तर्राष्ट्रिय जहाजहरू आकाशमा ‘होल्ड’मा राखिएका थिए भने केहीलाई वैकल्पिक गन्तव्यमा पठाइएको थियो ।

आन्तरिक उडानका जहाजहरू भने विमानस्थलमै रोकिएका थिए । समस्या समाधान भएपछि विमानस्थल अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077