Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मध्यपूर्व तनाव : मंगलबार १० अन्तर्राष्ट्रिय उडान रद्द, यात्रु अलपत्र

मध्यपूर्व तनाव : मंगलबार १० अन्तर्राष्ट्रिय उडान रद्द, यात्रु अलपत्र

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । मध्यपूर्वमा हवाई क्षेत्र प्रतिबन्ध लागेसँगै यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारका लागि तय गरिएका १० वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचना जारी गर्दै कुवेत, दुबई, दोहा र दमाम गन्तव्यका उडानहरू प्रभावित भएको जनाएको छ।

फ्लाइ दुबई र जजीरा एयरवेजका एक–एक, कुवेत एयरवेज, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका दुई–दुई उडान रद्द गरिएको हो।

रद्द भएका उडानहरूमा काठमाडौं–कुवेत–काठमाडौं, काठमाडौं–दुबई–काठमाडौं र काठमाडौं–दोहा–काठमाडौं जस्ता व्यस्त अन्तर्राष्ट्रिय रुटहरू समावेश छन्, जसका कारण सयौं यात्रु प्रत्यक्ष प्रभावित भएका छन्।

विमानस्थल प्रशासनका अनुसार मध्यपूर्वको अस्थिर परिस्थितिका कारण उडान तालिका अझै प्रभावित हुन सक्ने सम्भावना छ। आवश्यकताअनुसार थप उडानहरू पनि रद्द वा पुनः तालिका मिलाउन सकिने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077