काठमाडौं । राजधानीको बालाजु चोकमा यात्रुवाहक बस दुर्घटनामा परी सातजना घाइते भएका छन् । शनिबार साँझ माछापोखरीतर्फ गइरहेको बस सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार चक्रपथमार्गमा चल्दै गरेको बसले सडकमा देखिएको एक साइकलयात्रुलाई जोगाउने क्रममा नियन्त्रण गुमाएर सडकमा उत्तानो परेको हो ।
दुर्घटनामा घाइते भएका सातैजनालाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
बस पल्टिएपछि केहीबेर सडक आवागमन अवरुद्ध भएको थियो । पछि क्रेनको सहायताले बस उठाएर सडक खुलाइएको प्रहरीले जनाएको छ ।