Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित कैलालीका ढुंगाना पक्राउ

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित कैलालीका ढुंगाना पक्राउ

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति कैलाली घर भई काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने २१ वर्षीय मनोज ढुंगाना हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले ढुंगानालाई पक्राउ गरी उनको कोठाबाट ग्याँस गन, भिड नियन्त्रणका लागि प्रयोग हुने लेग गार्ड र एउटा मोबाइल फोन बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार ढुंगानाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार र गोली गट्ठा आफ्नो कोठामा लुकाइराखेको सूचनाका आधारमा छापा मारिएको थियो ।

बरामद गरिएको ग्याँस गन र सामग्रीसहित ढुंगानालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077