Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा निर्वाचन तयारी तीव्र बनाउँदै, देशव्यापी सांगठनिक अभियान सञ्चालन गर्ने

नेकपा निर्वाचन तयारी तीव्र बनाउँदै, देशव्यापी सांगठनिक अभियान सञ्चालन गर्ने

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्रता दिने निर्णय गर्दै देशव्यापी सांगठनिक अभियान सञ्चालन गर्न लागेको छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यस निर्णय गरेको हो।

बैठकले देशभरका सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय लिएको छ। पार्टीका अनुसार, यस अभियानले नीति तथा विचार जनस्तरसम्म पुर्याउने, पार्टीभित्रको एकतालाई सुदृढ गर्ने र आम कार्यकर्ता तथा जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

पार्टी प्रवक्ता अग्नी प्रसाद सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ कि बैठकले घोषित निर्वाचन तयारी सम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ।

त्यसैगरी, बैठकले पार्टी मातहतका सबै जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई आआफ्नो तहको पार्टी कमिटीसँग समन्वय गरी जनपरिचालन सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077