Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरी हिरासतबाट भागेका सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

प्रहरी हिरासतबाट भागेका सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पक्राउ

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन पक्राउ परेका छन् ।

सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनी स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा हिरासतमा थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए ।

यसअघि सूर्यदर्शन सहकारी ठगीको कसुरमा समेत जोडिएका थिए ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग थियो।

गत भादौ ८ गते उनलाई कास्की जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077