Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै डा.भीम रावल

कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै डा.भीम रावल

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । डा. भीम रावल नेतृत्वको मातृभूमी जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबिच एकताको मिति तय भएको छ ।

नेकपा एमालेबाट निष्कासनमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका नेता डा. रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

रावलसँग विभिन्न चरणमा छलफल गरी आइतबार पार्टी समायोजन गर्ने सहमति गरिएको थियो ।

हिजो नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग रावलको वान टू वान वार्ता भएको थियो । त्यसपछि रावल महत्वपूर्ण जिम्मेवारीसहित नेपाली कम्युनिष्ट पार्टीमा आउन सहमत भएका थिए ।

आगामी कार्तिक २६ गते बुधबार विशेष कार्यक्रमकाबिच पार्टी एकता हुनेछ । रावललाई नेकपामा छैटौँ वरियता दिइनेछ ।

दिउँसो १ः३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रममा प्रचण्ड, माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077