Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जेनजी आन्दोलनमा राष्ट्रिय झण्डा ओढेर विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा राष्ट्रिय झण्डा ओढेर विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

मंगलवार , कार्तिक २५, २०८२

पोखरा । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय झन्डा ओढेर सार्वजनिक र निजी संरचनामा विध्वंश मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् ।

आन्दोलनका क्रममा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने पाण्डेलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउने तथा व्यवसायी बिन्दु थापाको घरमा अगजनी समेत गरेका थिए ।

पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष थिए ।

आफैँ अध्यक्ष भएर संस्थाको रकम अपचलन गरेपछि उनी प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् । उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए ।

उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077