Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्यालसहितको ७ सदस्यीय टोली भारत प्रस्थान

सशस्त्रका आईजीपी अर्यालसहितको ७ सदस्यीय टोली भारत प्रस्थान

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल ७ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत प्रस्थान गरेका छन् ।

महानिरीक्षक अर्यालसहितको टोलि सशस्त्र प्रहरी बल नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन भारत प्रस्थान गरेका हुन् ।

महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल रहेका छन् ।

बैठक भोलिदेखि २८ गतेसम्म  नयाँ दिल्लीमा सम्पन्न हुनेछ ।

बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल हुनेछ । नयाँदिल्लीमा हुने औपचारिक भेटघाटका क्रममा आगामी फागुन २१ गते तय भएको निर्वाचन, सीमा व्यवस्थापन र द्विपक्षीय सहयोगबारे छलफल हुनेछ ।

महानिरीक्षक अर्याल नेतृत्वको टोली भ्रमण सम्पन्न गरी कात्तिक २८ गते नेपाल फर्किने कार्यक्रम छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077