Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने भन्दै २८ लाख ठगी, एक पक्राउ

वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिने भन्दै २८ लाख ठगी, एक पक्राउ

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं। वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया लैजाने बहानामा ठगी गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्यूठान गौमुखी गाउँपालिका-४ का २२ वर्षीय मेघराज सुनार रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सुनारले एक व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने बहानामा २८ लाख रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए।

सुनारलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077