Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण कोरियाबाट सञ्चारमन्त्री खरेलले भने- निर्वाचनको वातावरण बनिसकेको छ 

दक्षिण कोरियाबाट सञ्चारमन्त्री खरेलले भने- निर्वाचनको वातावरण बनिसकेको छ 

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा निर्वाचन निश्चित मितिमै हुने बताएका छन् ।

दक्षिण कोरियामा रहेका उनले नेपाल पत्रकार महासंघ, कोरिया शाखासँगको अन्तर्क्रियामा भयरहित निर्वाचनका लागि वातावरण तयार भइसकेको जानकारी दिए ।

मन्त्री खरेलले भने-'नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले चुनावमा नजाने भनेको छैन । निर्वाचनका लागि सुरक्षा वातावरण सुनिश्चित छ ।'

उनले सरकार र राजनीतिक दलले निर्वाचन र सुशासनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।

खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नेपालका लागि भविष्यको आधार भएको बताए । कोरियाबाट प्राप्त अनुभव र सीप प्रयोग गर्दै भर्खरै स्थापित राष्ट्रिय एआई केन्द्र विस्तारका लागि कोरिया सरकारसँग सहयोगको अपेक्षा राखेका छन् ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न अध्यादेशमार्फत प्रक्रिया अघि बढेको उनले बताए । कोरियामा नेपालीहरूको समस्या समाधान र दूतावास-एनआरएनएको समन्वयलाई पनि मन्त्री खरेलले महत्वपूर्ण बताए ।

कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा, पर्यटन, व्यवसायमा लगानी प्रवर्द्धन गर्न सुझाव दिएका थिए ।

मन्त्री खरेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । कोरियाको एमएसआइटी मन्त्रालय र एनआइए द्वारा संयुक्त रूपमा आयोजना गरिएको फोरममा सहभागी भएका उनले आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077