Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खरेल

अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खरेल

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन् ।

वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए ।

निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको दावी गर्र्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गरे ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगाएत विभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेका थिए । प्रभातफेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077