Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अष्ट्रेलिया र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अष्ट्रेलिया र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । रोजगारीको लागी विदेश पठाईदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उपमहानगर-५ घर भएको हाल ललितपुर-४ बस्ने ३१ वर्षीय मनोहर चौधरी र प्युठान गौमुखी-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले प्रहरीले चौधरीलाई काठमाडौं-१० र सुनारलाई काठमाडौं-२९ बाट पक्राउ पक्राउ गरेको हो ।

चौधरीले युके पठाइदिने आश्वासनमा एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएका थिए । अर्का सुनार अष्ट्रेलिया पठाइदिने भन्दै अर्को पीडितबाट २८ लाख रुपैयाँ उठाएर फरार भएका थिए ।

पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा आवश्यक अनुसन्धान र कारबाहीका लागि पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077