काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले जलाएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको पाइएको छ ।
आन्दोलनका बेला प्रचण्ड निवासमा नेपाली र विदेशी रकम जलेको भिडियो भाइरल भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन सुरु गरेको थियो ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रचण्डको घरमा आगो लगाएपछि पैसाको थुप्रो जलेको भन्दै भिडियो सार्वजनिक गरिएका थिए।
विभागले उनीहरुको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको फरेन्सिक रिपोर्ट प्राप्त गरेको हो ।
जेनजी आन्दोदलनका क्रममा जलाइएका ती घरको खरानी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो।
त्यसको रिपोर्ट विभागलाई प्राप्त भइसकेको स्रोतको दावी छ । यद्यपी विभागले भने अझै उक्त रिपोर्ट सार्वजनिक गरेको छैन।
विभागले उक्त दिन जलाइएका अन्य राजनीतिक दलका नेताहरुको घरको पनि अनुसन्धान गरिरहेको जनाएको छ ।