Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुसको एक लाखसहित पर्साको नापी कार्यालयका अमिन र सहयोगी पक्राउ

घुसको एक लाखसहित पर्साको नापी कार्यालयका अमिन र सहयोगी पक्राउ

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्जमा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । छुट जग्गा दर्ताका निम्ति सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आयोगका अनुसार, उनीहरूले वीरगन्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय–१, २, ३ नम्बर नापी टोलीको कार्यालयमै घुस रकम बुझेका थिए ।

उनीहरूलाई पक्राउ गरी आयोगले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077