Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी र एमालेको झडपपछि सिमरा विमानस्थल तनावपूर्ण, बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश

जेनजी र एमालेको झडपपछि सिमरा विमानस्थल तनावपूर्ण, बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश

बुधवार , मंसिर ३, २०८२

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो ।

एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूको विरोधका कारण स्थिति तनावपूर्ण बनेको थियो । लगत्तै एमाले कार्यकर्ताहरू पनि विमानस्थल पुगेका थिए ।

त्यसपछि दुई समूहबीच झडप भएको थियो । विमानस्थल क्षेत्रमै झडप हुँदा विमानस्थलको गेटमा क्षति पुगेको छ।

विमानस्थल भित्र पनि ढुंगामुढा भएको छ। दुई पक्षबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077