Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमद्वारा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा टुजी र फोरजी सेवा सञ्चालनमा

नेपाल टेलिकमद्वारा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा टुजी र फोरजी सेवा सञ्चालनमा

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टुजी/फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले हुम्ला जिल्लाको सर्केगड–३ र सर्केगड–६ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । टुजी/फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिकाका वडा नं. २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टुजी/फोरजी सेवाबाट लाभान्वित भएका छन् ।

सेवा विस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठूलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरु पर्दछन् ।

त्यसैगरी टेलिकमले हुम्ला जिल्लाको अदानचुली–६ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टुजी तथा फोरजी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिकाको वडा नं. २ र अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा पानचौर, कालिका लगायतका क्षेत्रहरु पर्दछन ।

साथै दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन् ।

त्यस्तै नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा टुजी तथा फोरजी सेवा ल्याएको छ । टुजी/फोरजी सेवा सञ्चालनमा आए पश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न वडाहरु वडा नं. ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टुजी/फोरजी सेवाबाट लाभान्वित भएका छन् ।

साथै डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमको टुजी/फोरजी सेवा विस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।

नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रका सेवाग्राहीहरुको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने वासिन्दा सेवाबाट लाभान्वित भएका छन् ।

यससँगै थप दुई स्थानिय तहमा फोरजी सेवा विस्तार भई जम्मा ७५३ मध्ये ७४९ स्थानिय तहमा फोरजी सेवा पुगेको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077