Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न सरकारको सिफारिस

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न सरकारको सिफारिस

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । सरकारले संवैधानिक पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०८२ जारी गर्न औपचारिक निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देश वर्तमान ‘विषम परिस्थितिमा’ भएकोले केही आवश्यक संवैधानिक पदहरू तत्काल पूर्ति गर्नु अपरिहार्य भएको छ। संवैधानिक सुनुवाइ प्रक्रियामा देखिएका अवरोध हटाउन अध्यादेशमार्फत व्यवस्था मिलाउन लागिएको बताइएको छ ।

हाल संवैधानिक परिषद्को ६ सदस्यीय संरचनामा प्रमुख प्रतिपक्षी दलको पद रिक्त रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077