Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिमरा प्रदर्शन: जेनजी कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ

सिमरा प्रदर्शन: जेनजी कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ

बिहिवार , मंसिर ४, २०८२

बारा । सिमरामा बुधबार भएको जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपमा संलग्न दुई जना वडा अध्यक्ष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जितपुर-सिमरा उपमहानगरपालिका-२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन् ।

आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए । जाहेरीमा आधारमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई पक्राउ गरेको हो । दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।

त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो।

सोही विषयलाई लिएर बिहीबार पनि जेनजी युवाहरु प्रदर्शनमा उत्रिएका छन् । स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडपमा परेर जेनजी र प्रहरी दुवैतर्फका केही सामान्य घाइते भएका छन् ।

स्थिति उग्र बन्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077