Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

शुक्रवार , मंसिर ५, २०८२

पाल्पा । पाल्पामा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दाङबाट भ्रमणका विद्यार्थी बोकेर पाल्पा आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका-१३ बैकुण्ठे भीर नजिकै बिहान करिब ६ बजे दुर्घटना भएको हो ।

घाइतेहरुको उपचार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए।

घाइते सबैको अवस्था सामान्य छ। दाङको राजापुरस्थित साधारण नमुना माध्यमिक विद्यालयका विद्यार्थी पाल्पाको रानीमहल भ्रमण आएका थिए।

बस अचानक आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077