Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने युवा रिहा

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने युवा रिहा

सोमवार , मंसिर ८, २०८२

मोरङ। नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्।

आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले अर्पित कुँवर र संजोग गौतमलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।डीएसपी कोपिला चुडालले भनिन्- 'हिजै छाडिसक्यौँ साना बाबुहरूलाई राखेर के गर्नु ?'

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो।

ती दुवै युवा भने नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ।

लोला प्रहार गर्ने युवा गौतम महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई समिति सभापति हुन् भने कुँवर पनि कांग्रेस निकट विद्यार्थी संघमा आबद्ध रहेको बताइएको छ ।

उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी समेत दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077