Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पनि सिंहदरबार छिर्न पाएनन् जेनजी नेता मिराज ढुंगाना, गेटबाटै लखेट्यो प्रहरीले

आज पनि सिंहदरबार छिर्न पाएनन् जेनजी नेता मिराज ढुंगाना, गेटबाटै लखेट्यो प्रहरीले

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं। सिंहदरबार प्रवेश गर्न खोजेका मिराज ढुंंगानासहितका जेनजीहरुलाई प्रहरीले दक्षिण गेटबाट हटाएको छ ।

मंगलबार ढुंगानासहित जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर, त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँबाट हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले उनीहरुलाई त्यहाँबाट हटाइएको हो ।

ढुंगानासहित केही जेनजीहरु हिजोदेखि नै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका छन् ।

मागपत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३-२४ को घटनामा संलग्न सबैलाई पक्राउ गर्न, वर्तमान संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाउने र घोषित निर्वाचन रोक्न माग गरिएको छ ।

ज्ञापनपत्रमा सबै राजनीतिक दलका नेता तथा पूर्वसांसद-मन्त्रीहरूको चलअचल सम्पत्ति रोक्का गर्न, शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गर्न, सरकारी सेवामा दलीय कर्मचारी संगठन सदाका लागि प्रतिबन्ध गर्न, जेनजी निगरानी आयोग बनाउन र शहीद-घाइते परिवारलाई तत्काल रोजगारी दिने माग पनि समेटिएको छ ।

हिजो पनि प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर ढुंगाना नेतृत्वको जेनजी समूह बाहिरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077