Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इन्डोनेसियासँग नेपाल पराजित

इन्डोनेसियासँग नेपाल पराजित

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । इन्डोनेसियामा सुरू भएको थ्री नेसन्स कपअन्तर्गतको अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ ।

बुधबार भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा घरेलु टोली इन्डोनेसियासँग २-१ गोलको हार ब्यहोरेको हो।

खेलको २०औं मिनेटमा नेपालले अग्रता लिएको थियो। अनिता बस्नेतको कर्नर बलमा विमल बिकले डिबक्सबाट हेड गरेकी थिइन्। तर इन्डोनेसियाकी भिभीले आफ्नै पोस्टमा गोल गर्न पुगिन्।

तर दोस्रो इन्डोनेसियाले दुई गोल फर्कायो। ५८ मिनेटमा गिया र ६७ मिनेटमा औलियाले गोल गर्दा नेपाल पराजित भयो।

प्रतियोगितामा अब दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईसँग २ डिसेम्बरमा खेल्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077