Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाँचबुझ आयोगले गुप्तचर विभागका पूर्वप्रमुखसँग लियो बयान, केही उच्च पदस्थसँग अझै बाँकी

जाँचबुझ आयोगले गुप्तचर विभागका पूर्वप्रमुखसँग लियो बयान, केही उच्च पदस्थसँग अझै बाँकी

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । जेननी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले हालसम्म सुरक्षा निकायका आधा दर्जन व्यक्तिहरुसँग बयान लिइसकेको छ ।

राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा, कुलदीप चन्द र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापासँग आयोगले बयान लिएको हो ।

थापासँग भने बुधबार साँझ मात्रै बयान लिएको छ । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पूरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए।

आयोगले यसअघि पूर्व मुख्यसचिव एकनारायण अर्यालसँग पनि सोधपुछ गरेको थियो । उनी पदमा बहाल रहेकै बेला आयोगले मंसिर ४ गते उनीसँग सोधपुछ गरेको हो ।

यस्तै आयोगद्वारा बयान लिइएका सशस्त्रका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर नम्बर-९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् ।

यस्तै, डीआईजी राना उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएर सुदूरपश्चिम प्रदेशमा पुगेका छन् । डीआईजी रानाको बयान पनि बुधवार साँझ नै पूरा भएको आयोगले जनाएको छ ।

नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्द जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भइसकेका छन् ।

यसपछि तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने आयोगको तयारी छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुनसम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ ।

असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077