कपिलवस्तु । कपिलवस्तुमा प्रधानमन्त्री सुशीला कार्कीको तस्विर जलाइएको छ ।
उनको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले फोटो जलाएका हुन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिले मुस्लिम महिलाको मानमर्दन गरेको भन्दै आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरे ।
पकडी चोकमा भेला भएका मुस्लिम अगुवा तथा स्थानीयले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला जलाएका थिए । यसैगरी, सोही विषयलाई लिएर सदरमुकाम तौलिहवामा पनि मुस्लिम अगुवाहरूले प्रदर्शन गरेका छन् ।