Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरीमा पाठक डीआईजीमा र महर्जन एसएसपीमा बढुवा गर्न सिफारिस

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई रिक्त डीआईजी पदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

डीआईजी कालीदास धौवजी अवकास भएपछि रिक्त बनेको पदमा पाठकलाई बढुवाका लागि सफारिस गरिएको छ ।

पाठकको बढुवासँगै रिक्त भएको एसएसपी पदका लागि पनि बढुवा सिफारिस गरिएको छ ।

एसएसपीमा रिक्त हुन लागेको पदमा एसपी समिक महर्जन सिफारिस भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077