पर्सा। पर्सामा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर १ का ५३ वर्षीय सुरेन्द्र शाह रहेका छन्।
शाहलाई शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोक सडकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाह मधेस प्रदेश०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार थिए।
उनको साथबाट १ हजार दरका ७०० थान, पाँच सय दरका ६०० थान गरी जम्मा १० लाख रुपैयाँ बरामद भएको थियो ।
पक्राउ परेका शाहमाथि थप अनुसन्धान थालिएको छ।