Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

आइतवार , फाल्गुण १०, २०८२

सिराहा । सिराहा स्रोत नखुलेको १४ लाख नगदसहित एक युवक पक्राउ परेका छन् । 

जिल्लाको औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित सिराहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स।१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट १४ लाख नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ। 

संजितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077