Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

शुक्रवार , चैत्र ६, २०८२

पर्सा । पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ अलौं निवासी ५० वर्षीय विनयशंकर साह रहेका छन्।

वीरगन्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगन्जले पुष्टि हुन नसकेको उक्त ठूलो परिमाणको नगदसहित साहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनी भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा रहेका थिए। भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीले रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको सिटकभरमुनि लुकाइएका रकम फेला परेको हो।

निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँसमेत बरामद भएको छ ।

बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनीसँगै उक्त रकम र मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ।

 नियन्त्रणमा लिइएका व्यक्तिलाई सामान र नगदसहित भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077