Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने काँग्रेस संस्थापन पक्षको अडान

निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने काँग्रेस संस्थापन पक्षको अडान

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षीय नेताहरू आगामी निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा लिएका छन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा शुक्रबार बसेको संस्थापन पक्षीय भेलाले २१ फागुनपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहमतिको प्रयासमा रहेका बेला संस्थापन पक्षीय नेताहरूले पुरानै अडान दोहोर्‍याएका छन् ।

शीर्ष नेताहरूसहित बसेको भेलाले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय कार्यसमितिको म्याद थप गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।

काँग्रेसको १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति पुर्ण खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए।

हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077