Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हामीले युवाको आन्दोलन जायज छ भनेर शुरुमै समर्थन गरेका थियौं, दुर्भाग्यवश ठूलो नसंहार भयो: प्रचण्ड

हामीले युवाको आन्दोलन जायज छ भनेर शुरुमै समर्थन गरेका थियौं, दुर्भाग्यवश ठूलो नसंहार भयो: प्रचण्ड

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनता, भू-अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुवीकृत हुनुपर्ने बताएका छन्।

शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा ९एमाले०का नेताहरूलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान गरे।

प्रचण्डले भने- ' जेनजी आन्दोलन र त्यसका मुद्दा हामीले उठाउँदै आएका माग मुद्दा थिए। हामीले युवाको आन्दोलन जायज छ भनेर शुरुमै समर्थन गरेका थियौं। हामीले युवाहरूको आन्दोलनमा सरकारले बल प्रयोग नगरोस् भनेर खबरदारी समेत गरेका थियौँ तर दुर्भाग्य २३ गते ठूलो नसंहार भयो।'

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आफूले शुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न वाम एकता गरेको बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गर्दै भने- 'आफूले संसद् विघटन गर्दा ठिक भन्ने अहिले संसद् पुनःस्थापनाको माग माग गर्दै ओली जी बेतुकको तर्क गर्दै हिँडेका छन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077