काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज फेरि छलफलमा बस्ने भएका छन् ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुटेपछि आज पुन: छलफलमा बस्न लागेका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आज शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवासँग भेटेर विवाद समाधान गर्न छलफल गर्ने तय भएको छ । सभापति देउवा महाराजगञ्जको भाडाको निवासमा बस्ने छ ।
हिजो पनी चुनावअघि महाधिवेशनको विपक्षमा उभिएका आफूनिकट नेताहरू कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि बोलाएर छलफल गरेका थिए। यद्यपि कुनै सहमति जुट्न सकेको छैन।
कांग्रेसले महाधिवेशनको कार्यपालिका तय गर्न नसक्दै आएको छ । देउवा नजिकका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने बताइरहेका छन्, तर देउवा भने पुसमै महाधिवेशन सम्भव भएको पक्षमा देखिन्छन् ।
काँग्रेसको १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति पुर्ण खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए।
हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।