चितवन । चितवनको माडी नगरपालिकास्थित बघौडा अस्पतालका स्वास्थ्यकर्मीमाथि चार जना पक्राउ परेका छन् ।
गत बिहीबार राति चाररपाँच जनाको समूहमा आएका युवाले चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
युवाहरुले मादक पदार्थ सेवन गरी डा।दीपेन्द्र विश्वास, डा देवेन्द विश्वास, हे.अ.अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि अस्पताल परिसरभित्रै घाउचोट हुने गरी कुटपिट गरेका थिए ।
त्यसपछि अस्पतालले शुक्रबार निवेदन दिएको थियो
निवेदनका आधारमा इलाका प्रहरी कार्यालय माडीले चार जना आरोपीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् ।
उनीहरुमाथि कानुनअनुसार कारबाही भइरहेको प्रहरीले जनाएको छ ।