Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

मंगलवार , मंसिर १६, २०८२

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्ना नेता–कार्यकर्तालाई पार्टीको औपचारिक निर्णयबिनै उम्मेदवार घोषणा नगर्न निर्देशन दिएको छ ।

पार्टीभित्र विभिन्न तहका व्यक्तिहरूले आफूलाई सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्न थालेपछि उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको हो ।

उपत्यकासहित देशभरका केही नेता तथा सदस्यहरूले सामाजिक सञ्चालमा उम्मेदवारी आकांक्षा व्यक्त गर्दै आएका थिए। सो विषयमा स्पष्टिकरण गर्दै समितिका संयोजक विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै भने, 'उम्मेदवार छनोट पूर्ण रूपमा पार्टीले पारित गरेका मापदण्ड र विधिअनुसार मात्र हुनेछ।'

रास्वपाले हालसम्म रुपन्देही–३ बाहेक अन्य कुनै पनि निर्वाचन क्षेत्रमा आधिकारिक रूपमा उम्मेदवार टुंगो नलागेको पनि सार्वजनिक गरेको छ।

आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'प्रक्रिया अनुसार रुपन्देही क्षेत्र नं. ३ कै लागि मात्र उम्मेदवार चयन भएको छ। अन्य कुनै पनि क्षेत्रमा हालसम्म आधिकारिक निर्णय भएको छैन।'

पार्टीले आधिकारिक प्रक्रियाबाहिर फैलिइरहेका उम्मेदवारीसम्बन्धी भ्रामक तथा अपुष्ट हल्लाबाट सावधान रहन सबैलाई आग्रह गर्दै कुनै पनि भ्रम सिर्जना हुने गतिविधि नगर्न नेता–कार्यकर्तालाई चेतावनी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077