Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाले भन्यो- आफूखुसी उम्मेदवारी घोषणा नगर्नुहोस्

रास्वपाले भन्यो- आफूखुसी उम्मेदवारी घोषणा नगर्नुहोस्

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केही नेता तथा सदस्यहरूले आफूखुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ ।

पार्टीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार छनोट प्रक्रिया स्पष्ट र संस्थागत भएकाले व्यक्तिगत रूपमा अनधिकृत अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

रास्वपाले जारी गरिएको विज्ञप्तिमा पार्टीले प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट आधिकारिक रूपरेखा र विधिअनुसार मात्रै हुने भएकाले अनधिकृत दाबी वा प्रचारले भ्रम सिर्जना गर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ- 'पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नं.३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ । यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा क्षेत्रका लागि पार्टीको तर्फबाट हालसम्म उम्मेदवार टुङ्गो लागेको छैन ।'

साथै पार्टीको आधिकारिक निर्णय नआउँदा सम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रम फैलिने खालका प्रचार–प्रसार नगर्न अनुरोध गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077